जोडिनुहोस
  • होमपेज
  • कुकुर तिहारः नेपाल प्रहरीको कुकुरको कला (फोटोफिचर)

कुकुर तिहारः नेपाल प्रहरीको कुकुरको कला (फोटोफिचर)

काठमाडौं । यमपञ्चकअन्तर्गत आज दोस्रो दिन कुकुर तिहार देशभरी कुकुरलाई मिठामिठा खानेकुराका साथै फूलमाला लगाएर मनाइदैँछ । कुकुरले मालिकको इमान्दारीका साथ सुरक्षा प्रदान गर्ने भएकाले कुकुरलाई यसरी श्रद्धाका साथ पुजाआज गर्ने चलन चलिआएको छ । यस्तै नेपाल प्रहरीले पनि सोहीअनुसार गर्दै कुुकुरलाई मिठामिठा खानेकुराका साथै फूलमाला लगाएर कुकुरको पुजा गरेका छन् ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुरले घरको सुरक्षा दिने र अनुसन्धानमा समेत कुकुरले ठूलो भूमिका खेल्ने भएकाले प्रहरीहरुले कुुकुरको विशेष रुपमा पुजा गर्ने गरेका छन् । प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका करिब सयवटा कुकुर छन् । नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू रहेका छन् ।

कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको विशेष पूजा गर्ने गर्छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका