जोडिनुहोस
  • होमपेज
  • आइपीएल : उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

आइपीएल : उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आइपीएल) को च्याम्पियन बन्नका लागि फाइनल खेलमा आज आइतबार खेल्दै छन् ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो ।

फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।

चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौै पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । १३ औं सिजनको च्याम्पियन बनेर चेन्नई मुम्बईले सर्वाधिक पाँच पटक उपाधी उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ ।

घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । अहमदाबादमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ । गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो ।

चेन्नईको भने यस मैदानमा राम्रो प्रदर्शन रहेको छैन । यस मैदानमा खेलेको तीन खेलमा नै चेन्नई पराजित भएको छ ।

समूह चरणमा चेन्नई र गुजरातले एक खेल खेलेका थिए । समूह चरणको खेलमा गुजरात अपराजित रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका