जोडिनुहोस
  • होमपेज
  • टिकटकलाई मार्केटिङको साधन बनाएपछि २ लाख बराबरको पटका बरामद

टिकटकलाई मार्केटिङको साधन बनाएपछि २ लाख बराबरको पटका बरामद

काठमाडौं । पोखरामा टिकटकमा बसेर पटकाको मार्केटिङ गरेको सुचनाका आधारमा प्रहरीले ठूलो मात्रामा पटका बरामद गरेको छ । आइतबार कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट पटका, आतिसबाजी र खुर्सानी बमहरू बरामद गरेको हो । बरामद भएका पटकाका सामाग्रीमा आतिसबाजी ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा रहेका छन् । यस्तै, आलु बम २५ वटा, बुलेट बम ३ वटा, सोली बम ५ वटा, झिरझिरे ८० वटा, एटम बम १४ वटा, डवल बम १० वटा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गमला बम १७ वटा, चक्र बम २५ वटा, खुर्सानी बमको ९८ सेट, सानो पटका ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनु्सार विभिन्न ठाउँबाट लङ्गुर बुर्जा उर्फ खोरखोरे समेत प्रहरीले बरामद गरेको छ । खोरखोरेका ३०५ वटा गोटी, बाल्टी, जग, म्याट लगायत सामग्री बरामद गरिएको हो । २ लाख भन्दा बढी मूल्यका १८ थरीका पटका बरामद गरेर नष्ट गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका