जोडिनुहोस
  • होमपेज
  • मौसमः उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

मौसमः उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभाव रहँदा मुलुकका केही प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ र बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।

यसैगरी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका