जोडिनुहोस
  • होमपेज
  • मौसमः देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

मौसमः देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौँ।जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ ।

विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो ।

दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ ।

यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने जनाएको छ ।

आज बिहान ६ बजेर २८ मिनेटमा सूर्योदय हुनेछ भने साँझ ५ बजेर १० मिनेटमा सूर्यास्त हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका