जोडिनुहोस
  • होमपेज
  • गाजाबाट १२ थाई बन्धक रिहा थाई प्रधानमन्त्री

गाजाबाट १२ थाई बन्धक रिहा थाई प्रधानमन्त्री

गाजा पट्टीमा बन्धक बनाइएका १२ जना थाई नागरिकलाई रिहा गरिएको थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले शुक्रबार बताएका छन् । थाई दूतावासका अधिकारी रिहा गरिएका बन्धकहरूलाई लिनको लागि बाटोमा रहेको प्रधानमन्त्री श्रेथा थाभिसिनल सामाजिक सञ्जाल पोस्टमार्फत उल्लेख गरेका छन् ।

बन्धकहरू इजरायल प्रवेश गरेको तथा उनीहरुलाई हाल हात्जेरिम एयर फोर्स बेसमा प्रशोधन केन्द्रमा लगिएको थाई विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत बताएका छन् । रिहा गरिएका बन्धकहरूलाई उनीहरूको मेडिकल सुविधामा आइपुगेपछि सहयोग गरिनेछ जहाँ उनीहरूलाई ४८ घण्टाको मेडिकल सुपरिवेक्षणमा राखिनेछ र बाहिरका मानिसहरूको पहुँच हुनेछैन, विज्ञप्तिमा भनिएको छ ।

हमास र इजरायलले यस हप्ताको सुरुमा गाजापट्टीमा चार दिनको युद्धबिराममा सहमति जनाएका थिए । सम्झौता अन्तर्गत हमासले इजरायलमा बन्दी रहेका एक सय ५० प्यालेस्टिनी बन्दीहरूको बदलामा गाजाबाट कम्तीमा ५० जना बन्धकहरूलाई रिहा गर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका