जोडिनुहोस
  • होमपेज
  • बेइजिङका अस्पताल बालबालिकामा श्वासप्रश्वाससम्बन्धी रोगका कारण भरिभराउ

बेइजिङका अस्पताल बालबालिकामा श्वासप्रश्वाससम्बन्धी रोगका कारण भरिभराउ

बेइजिङ— बेइजिङ र उत्तरी चीनका अस्पतालहरूमा लगभग एक वर्षअघि कडा कोभिड—१९ प्रतिबन्धहरू खुकुलो पारेर पहिलो जाडोमा प्रवेश गर्दा बालबालिकाहरूमा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्दै गएको सीएनएनले उल्लेख गरेको छ।

उत्तरी चीनका ठूला सहरका केही बालबालिकाका अस्पतालहरूमा सयौं बिरामीहरू डाक्टरहरूसँग परामर्श लिन लामो लाइनमा बसिरहेको सीएनएनले उल्लेख गरेको छ।

बेइजिङ बाल अस्पतालका एक अधिकारीले दैनिक ७,००० भन्दा बढी बिरामीहरू आउने बताएका छन् । यो अस्पतालको क्षमता भन्दा धेरै हो ।

शनिबार, टियांजिन नजिकैको सबैभन्दा ठूलो बाल चिकित्सा अस्पतालमा १३ हजार भन्दा बढी बालबालिका उपचारका लागि आएको सीएनएनले स्थानीय राज्य सञ्चालित मिडिया आउटलेटलाई उद्धृत गर्दै समाचारमा जनाएको छ ।

बेइजिङ र उत्तरी चीनका अन्य प्रमुख सहरका स्वास्थ्य अधिकारीहरूले इन्फ्लुएन्जा र रेस्पिरेटरी सिन्सिटियल भाइरस साथै माइकोप्लाज्मा निमोनियालगायतका सामान्य मौसमी रोगहरू देखा परेको बताएको छ ।

यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनलाई श्वासप्रश्वाससम्बन्धी रोगको वृद्धि र बालबालिकाहरूमा पत्ता नलाग्ने निमोनियाका क्लस्टरहरू सार्वज्निक गर्न आग्रह गरेको छ । चीनको देखापरेको यो समस्याले विश्वव्यापी रुपमा चिन्ता बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका