जोडिनुहोस
  • होमपेज
  • संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानलाई अफगान शरणार्थीहरूलाई निष्कासन रोक्न आग्रह

संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानलाई अफगान शरणार्थीहरूलाई निष्कासन रोक्न आग्रह

काबुल— संयुक्त राष्ट्र संघले पाकिस्तानले अफगान शरणार्थीहरूलाई निष्काशन नगर्न आग्रह गरेको छ । राष्ट्रसंघले अफगानिस्तान पुगेका अफगान नागरिकहरूको बारेमा चिन्ता व्यक्त गरेको अफगानिस्तानको खामा प्रेसले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघले पाकिस्तान सरकारलाई कम्तिमा जाडो मौसममा १० लाख भन्दा बढी अफगान शरणार्थीहरूलाई निष्कासन रोक्न आह्वान गरेको छ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले पाकिस्तानले अफगान शरणार्थीहरूलाई निष्कासन बन्द गर्नुपर्नेमा जोड दिएका छन्।

खामा प्रेस अनुसार पाकिस्तानी अधिकारीहरूले पाकिस्तानमा बसोबास गर्ने १० लाख अवैध शरणार्थीहरूलाई निष्कासन जारी राख्ने आफ्नो मनसाय घोषणा गरेकाले संयुक्त राष्ट्रले चिन्ता व्यक्त गरेको छ।

नोभेम्बर २२ मा, बलुचिस्तान कार्यवाहक सूचना मन्त्री जान अचकजाईले अवैध विदेशीहरू विरुद्ध निष्काशन गर्ने दोस्रो चरण प्रक्रिया सुरु गरिएको र सरकारले जनवरी २०२४ सम्ममा १० लाख अवैध विदेशीहरूलाई देश निकाला गर्ने योजना बनाएको पाकिस्तानको जियो न्यूजले उल्लेख गरेको छ।

यस्तै, पाकिस्तानको कामचलाउ सरकारले अक्टोबर ५ मा गैरकानुनी शरणार्थीहरूलाई देश निकाला गर्ने निर्णय घोषणा गरेपछि ३ लाख ४० हजार भन्दा बढी अवैध आप्रवासीहरू, विशेष गरी अफगानी, स्वैच्छिक रूपमा पाकिस्तानबाट बाहिरिएका वा निर्वासित भएका छन्।

यद्यपी, अबैध आप्रवासीले देश निकाला गर्ने प्रक्रिया पछिल्ले केही दिन सुस्त भएको छ । उल्लेखनीय रूपमा, झण्डै आधा लाख अफगान आप्रवासीहरूलाई दुई महिनाभन्दा कम अवधिमा पाकिस्तानबाट निष्कासित गरिएको छ ।

लगभग ४० लाख अफगान आप्रवासी र शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन्, जसमध्ये १७ लाखसँग देशमा बस्नका लागि आवश्यक कागजातहरू छैनन्।

पाकिस्तानी अधिकारीहरूले नोभेम्बर १ बाट कराचीबाट आप्रवासीहरूलाई हिरासतमा राख्न र निष्कासन गर्न थालेको समय सीमा समाप्त भएपछि हजारौं अफगान आप्रवासीहरूलाई निष्कासन गरिएको छ।

मानव अधिकार कार्यकर्ताहरूले निष्कासन रोक्न पाकिस्तानको सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्, खामा प्रेसले उल्लेख गरेको छ।

धेरै अन्तर्राष्ट्रिय संघसंस्थाले अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने पाकिस्तानको निर्णयको निन्दा गरेका छन्।

अफगानिस्तानमा जाडो मौसम नजिकिँदै गर्दा फर्केकाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका