जोडिनुहोस
  • होमपेज
  • शेयर बजार १८ अङ्कले घटेर राताम्मे, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

शेयर बजार १८ अङ्कले घटेर राताम्मे, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड मर्दी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज रुरु जलविद्युत् परियोजनाको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।

आज ४५ लाख ९५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनीको प्रमोटर शेयर ११ करोड ६७ लाख रुपैयाँमा किनबेच भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका