जोडिनुहोस
  • होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरण उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने

नक्कली भुटानी शरणार्थी प्रकरण उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको सुनुवाइ पूरा भएको छ । न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार सुनुवाइ पूरा गरेको हो । यससँगै अदालतले शुक्रबार आदेश सुनाउने भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको आरोपमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । काठमाडौं जिल्ला अदालतको सो आदेशविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । उक्त पुनरावेदनमाथिको सुनुवाइ बिहीबार पूरा भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका