जोडिनुहोस
  • होमपेज
  • गोरुसिङ्गे–सन्धिखर्क सडकका होर्डिङ बोर्ड हटाउन ७ दिने सूचना

गोरुसिङ्गे–सन्धिखर्क सडकका होर्डिङ बोर्ड हटाउन ७ दिने सूचना

अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकमा राखिएका होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेको छ । सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको हो ।

दुर्घटना निम्ताउने गरी विभिन्न सङ्घ–संस्था, कम्पनी र व्यक्तिले राखेका होर्डिङ बोर्ड सात दिनभित्र हटाउन भनेको र नहटाए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका