जोडिनुहोस
  • होमपेज
  • सरकार स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा छिमेकीहरुसँग कुरा गर्न सक्दैन  एमाले अध्यक्ष ओली

सरकार स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा छिमेकीहरुसँग कुरा गर्न सक्दैन  एमाले अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा छिमेकीहरुसँग कुरा गर्न नसक्ने बताउनु भएको छ ।

राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी देशहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गर्नुभयो । उहाँले अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समाति हाल्यो भने पनि माफी दिने काम सरकारले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता निहुरिएको अवस्था छ । र, नेपाल सरकारले हाम्रा छिमेकीहरुसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन । यस्तो अवस्थामा हामी नेपाली छौँ । राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ऐतिहासिक गौरवमा, उपलब्धिहरुमा, हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो कुरा समाप्त भएको छ । जसलाई फेरि उठाउनु पर्नेछ ।’

उहाँले अगाडि भन्नुभयो, ‘कर्मचारीतन्त्रलाई दुरुपयोग गरिएको छ । अहिले देशको अवस्था अत्यन्तै नाजुक छ । यस नाजुक अवस्थालाई कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने । आज देशको राजनीति अन्यौलग्रस्त छ । देशको राजनीतिक निराशायुक्त छ । देशको राजनीति अस्थिर र अराजक बनेको छ । देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ । त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा छ । र, बिग्रँदो छ ।’

अध्यक्ष ओलीले देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका