जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीचको नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।

दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमबारे छलफल केन्द्रित गरेको बताइएको छ । राष्ट्रपति बाइडेनले ‘गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाह’ को महत्वमा विशेष जोड दिएका छन् ।

उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिएका छन् ।’

राष्ट्रपति बाइडेनले प्यालेस्टिनीहरू विरुद्ध भएका चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनु पर्ने आवश्यकताको बारेमा आफ्नो चिन्ता दोहोर्‍याएका छन् ।

बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसी लाई हमास आतङ्ककारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार उनले युवती महिला नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ । दुवै नेता नियमित छलफलमा बस्न सहमत भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका