जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ महानगरपालिकामा प्लास्टिकका ‘क्रिसमस ट्रि’ राख्न निषेध

काठमाण्डौ महानगरपालिकामा प्लास्टिकका ‘क्रिसमस ट्रि’ राख्न निषेध

काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रमा प्लास्टिकका ‘क्रिसमस ट्रि’ राख्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका ‘क्रिसमस ट्रि’ महानगर प्रहरी बलले हटाउँदै उपत्यकाका सुपरमार्केटहरुमा प्लास्टिकका ‘क्रिसमस ट्रि’ नराख्न आग्रह गरेको छ।

पसलहरुमा ‘क्रिसमस’को अवसर पारेर केहीवर्षदेखि ‘क्रिसमस ट्रि’ राखेर सजाउने गरेको देख्न सकिन्छ । यो तिहारको बेला प्लाष्टिकको मालामा प्रतिबन्ध लगाएको महानगरले ‘क्रिसमस’मा पनि ‘क्रिसमस ट्रि’ राख्न रोक लगाएको हो । प्लास्टिकका ‘क्रिसमस ट्रि’का कारण वातावरण प्रदूषण हुने भन्दै महानगरपालिकाले निषेध गरेको जानकारी दिएको छ । हरेक वर्ष २५ डिसेम्बरमा ‘क्रिसमस’ मनाइन्छ । यो वर्ष ‘क्रिसमस’ यही पुस ९ गते परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका