जोडिनुहोस
  • होमपेज
  • हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

बैतडी – बैतडीमा हावाहुरी र वर्षाले मकैलगायतका अन्नबालीमा क्षति पुगेको छ । केही दिनदेखिको वर्षासँगै आएको हावाहुरीबाट जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो ।

पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायत अन्न बालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले जानकारी दिए । उनले भने, “पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायतमा क्षति पुगेको छ । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट ढलेर नष्ट भएका छन् ।”

मुख्य खाद्य बालीका रूपमा रहेको मकै बालीमा हावाहुरीले क्षति पुर्याएपछि यहाँका किसान चिन्तित भएका छन् । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट हावाहुरीले ढलेपछि किसान चिन्तित भएका हुन् । सुर्नयाका किसान केशव बोहराले भने, “घोगा लाग्ने बेलाका मकैमा क्षति पुगेको छ, यसले उत्पादन पनि कमी हुने देखिएको छ ।”

हावाहुरी र वर्षाको प्रभावका साथै वन्यजन्तुले समेत हरेक वर्ष मकै बालीमा व्यापक क्षति पुर्याउने गरेको छ । बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकै बालीमा क्षति हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् । बैतडीमा १४ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका