जोडिनुहोस
  • होमपेज
  • भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बकैया गाउँपालिका ११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको हो ।

नेसुरले आफ्नो घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिगनबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त हातहतियारसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका