जोडिनुहोस
  • होमपेज
  • २ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उहाँको भनाइ छ ।

आज बुधवार काभ्रेको धुलिखेलमा काठमाण्डौ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विभिन्न बाध्यताका कारण दुई सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर पाएको र यो चिन्ताजनक भएको बताउनुभयो । उहाँले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेका र तिनको उचित व्यवस्थापन गर्नसके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उल्लेख गर्नुभयो ।

आज दीक्षित हुने सम्पूर्ण विद्यार्थीलाई पनि उहाँले ज्ञान र सीपलाई देश र मानव हितमा लगाउन आग्रह गर्नुभयो । साथै विदेश गएका विज्ञ एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न उहाँको अनुरोध छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका