जोडिनुहोस
  • होमपेज
  • ‘संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण

‘संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण

काठमाडौं । नेकपा (एमाले) को संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगबती चौधरी सवार स्करपियो गाडीमा आक्रमण भएको हो ।

उदयपुरको घुर्मीमा नेकपा एमालेले मंगलबार गरेको ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा सांसद चौधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।

आक्रमणमा नेतृ चढेको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशष्त्र प्रहरीले स्कर्टिङ गरि चौधरीलाई गृह जिल्ला पठाएको थियो । चौधरीमाथि कसले किन आक्रमण गर्यो खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान अन्तरगत उदयपुरको घुर्मीको कार्यक्रमसँगै खोटाङ, भोजपुर संखुवासभा हुँदै तेह्रथुम सम्मको अभियानमा सहभागी हुन गएकी चौधरीलाई सोहि दिन पारिवारिक शोक समेत परेको थियो । नेतृ चौधरीका जेठाजू (मुकेश चौधरी) को ह्दयघातका कारण निधन भएको थियो । दिवंगत चौधरीको आज पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएको छ ।

कोशी प्रदेशमा पहिचान पक्षधरहरूले कोशी प्रदेस नामांकनमा असहमति जनाउँदै नेकपा एमालेका नेता, सांसद तथा कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेका छन् । एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजिएको थियो । सो क्रममा मंगलबार मात्रै गोपाल किराती सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका