जोडिनुहोस
  • होमपेज
  • १४ किलो सुन प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ

१४ किलो सुन प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद भएको १४ किलो सुन प्रकरणमा अहिलेसम्म पाँच जना पक्राउ परेका छन् । मङ्सिर २१ गते राति फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा आज बिहीवार प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच जना पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा। टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।’

यस प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । यस प्रकरणमा विमानस्थलका सरसफाइ सहयोगी दुई जना गरी अहिलेसम्म पाँच जना पक्राउ परेका प्रमुख भन्सार प्रशासक डा। पाण्डेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका