जोडिनुहोस
  • होमपेज
  • सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौँ– विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो । विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेका भन्दै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका