जोडिनुहोस
  • होमपेज
  • तालिबानबाट नियुक्त राजदूतलाई चीनको मान्यता

तालिबानबाट नियुक्त राजदूतलाई चीनको मान्यता

तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मिडिया ब्रिफिङको क्रममा चीनले तालिबानलाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो ।

यो प्रश्नको जवाफमा उहाँले अफगानिस्तानसँग लामो समयदेखि चीनको मित्रवत सम्बन्ध रहेको भन्दै अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट दखल पार्न नहुने बताउनुभयो । यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उहाँले आफ्नो परिचयपत्र चीन सरकारमा पेस गरेको समाचार सार्वजनिक भएको थियो ।

सन् २०२१ को अगष्टमा अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबान सरकारमा आएपछि राजधानी काबुलमा दूतावास राख्ने चीन तेस्रो देश हो । चीन अघि पाकिस्तान र रुसले दूतावास राखेका थिए । केही समय अघि मात्रै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका