जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारका लागि सातै प्रदेशबाट माग्यो नाम

कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारका लागि सातै प्रदेशबाट माग्यो नाम

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सातै प्रदेशबाट नाम मागेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रत्येक प्रदेशबाट तीन–तीनजनाको दरले नाम सिफारिस पठाउन निर्देशन दिएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि कांग्रेसका प्रत्येक प्रदेश समितिले सात दिनभित्र सबै नाम केन्द्रमा पठाइसक्नुपर्नेछ । तिनै नाममध्येबाट कांग्रेसले पुस १२ गते बोलाएको केन्द्रीय समिति बैठकमा उम्मेदवारको नाम तय गर्ने छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कांग्रेस नेताहरूले १० सिट दाबी गर्नुपर्ने बताएका थिए । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । जसमा एक राष्ट्रपतिबाट मनोनीत भएका छन् ।

१९ सिटमध्ये कांग्रेसले प्रत्यक्षतर्फ नौ र राष्ट्रपतिबाट एक मनोनीत गरी १० सिटको दाबी गर्नेछ । सत्तारुढ गठबन्धनमा अहिलेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटबारे छलफल भइसकेको छैन । तर मोटामोटी रूपमा आफ्नो पार्टीका रिक्त रहेका सिट यथावत् राखी एमालेले जितेको नौ सिटमा सबै दलले भागबन्डा गर्ने भएका छन् । त्यसो हुँदा कांग्रेसले पाँच सिटमा दाबी गर्नेछ । फागुन २० मा कांग्रेसका चार सांसद बिदा हुँदैछन् ।

कांग्रेसले यसपटक कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठमध्ये एकलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरेको छ । त्यसका लागि श्रेष्ठले समानुपातिक सूचीबाट नाम फिर्ता लिइसकेका छन् । सिटौलाले उम्मेदवारको नाम फिर्ता लिने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?