जोडिनुहोस
  • होमपेज
  • मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँः सभामुख घिमिरे

मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँः सभामुख घिमिरे

सिन्धुपाल्चोक। सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्‍याउन आग्रह गरेका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै गर्दा उनले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिए ।

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए । उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाल लगायत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?