जोडिनुहोस
  • होमपेज
  • वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट

वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट

चालु आर्थिक वर्ष ९आव० २०८० र ८१ को पहिलो चौमासिकमा वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ ।

अर्थ मन्त्रालयका अनुसार कात्तिक मसान्तसम्म वैदेशिक सहायता ४० अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्र रहेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६० दशमलव ८ प्रतिशत कम हो । सो आवमा १ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । अर्थ मन्त्रालयले यस आवमा औचित्यका आधारमा मात्र वैदेशिक सहायता परिचालान गर्ने नीति लिएको बताउँदै आएको छ ।

प्राप्त भएको वैदेशिक सहायतामध्ये अनुदान सहायता ३५ दशमलव १ प्रतिशत र ऋण सहायताको हिस्सा ६४ दशमलव ९ प्रतिशत रहेको छ । यसमध्ये सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा वैदेशिक सहायताको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।

वैदेशिक सहायता प्रतिबद्धता जनाउने निकायमध्ये विश्व बैंक, एशियाली विकास बैंक, युरोपेली युनियन छन् । जसले क्रमशः ३३ दशमलव ७ प्रतिशत, ३२ दशमलव ४ प्रतिशत र २६ दशमलव १ प्रतिशत हिस्सा ओगटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका