जोडिनुहोस
  • होमपेज
  • सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने । काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उनले बताए । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको उनले जानकारी दिए । जी ९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका