जोडिनुहोस
  • होमपेज
  • ह्याम्स अस्पतालले आईपीओ जारी गर्ने, धितोपत्र बोर्डमा निवेदन दियो

ह्याम्स अस्पतालले आईपीओ जारी गर्ने, धितोपत्र बोर्डमा निवेदन दियो

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड ह्याम्स अस्पतालले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न हिजो शुक्रवार बोर्डमा निवेदन दिएको हो । अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा एक सय ८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता दुई सय ८८ रुपैयाँमा आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो ।

गएको आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्न लागेको हो । अस्पतालले शेयर निष्कासनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । यसैमध्येबाट बढीमा पाँच प्रतिशत शेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत शेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ पनि गराइसकेको छ । अस्पतालले एक सय शय्याको जनरल स्वास्थ्य संस्थारअस्पताल सञ्चालन गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका