जोडिनुहोस
  • होमपेज
  • हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो, एक जना घाइते

हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो, एक जना घाइते

मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ३२ वर्षीया निशा कुमारीको ज्यान गएको हो । उहाँ मोटरसाइकलमा सवार हुनुहुन्थ्यो ।

मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते हुनुभएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । घाइते रायको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । उहाँको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका