जोडिनुहोस
  • होमपेज
  • यूएईबाट ३ सय जनाभन्दा धेरै भारतीय यात्रु लिएर उडेको विमान फ्रान्समा अवतरण, मानव तस्करीको आशङ्का

यूएईबाट ३ सय जनाभन्दा धेरै भारतीय यात्रु लिएर उडेको विमान फ्रान्समा अवतरण, मानव तस्करीको आशङ्का

संयुक्त अरब इमिरेट्स ९यूएई० बाट तीन सय तीन जना भारतीय यात्रु लिएर निकारागुआका लागि उडेको विमान फ्रान्समा अवतरण गराइएको छ ।  रोमानियाली लिजेन्ड एअरलाइन्सको एअरबस ए–३४० विमान निकारागुआको राजधानी मानागुआगा प्रस्थान गर्दै गरेकोमा फ्रान्समा अवतरण गराइएको बीबीसी हिन्दीले जनाएको छ । चार्टर्ड गरिएको विमानलाई पेरिसभन्दा एक सय ५० किलोमिटर दुरीमा रहेको वेटरी विमानस्थलमा अवतरण गराइएको हो ।

सुरक्षा अधिकारीले विमानमा रहेका केही यात्रुलाई पक्राउ गरेर विमानस्थल नै सिल गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको पनि फ्रान्सेली अधिकारीले बताएका छन् । पेरिसमा रहेको भारतीय दूतावासले पनि विमान रोकिएको विमानस्थलमा आफ्ना अधिकारी पुगेर घटनाको बारेमा अनुसन्धान भइरहेको बताएको खबरमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका