जोडिनुहोस
  • होमपेज
  • जुम्लामा ५४ हजार जनालाई टाइफाइडविरुद्धको खोप दिइने

जुम्लामा ५४ हजार जनालाई टाइफाइडविरुद्धको खोप दिइने

जुम्लामा भोलि आइतवारदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ । भोलिदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित जिल्लाका नागरिकलाई टाइफाइडविरुद्धको खोप लगाउने क्रममा यसअघि जाजरकोट र रुकुम पश्चिममा खोप अभियान सम्पन्न भइसकेको छ । जुम्लाका झन्डै ५४ हजार जनालाई निःशुल्क टाइफाइड खोप लगाउने तयारी रहेको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाले पहिलो चरणमा जुम्लाको हिमा, सिञ्जा र कनकासुन्दरी गरी तीन वटा पालिकामा ८, ९ र १० गते खोप अभियान सञ्चालन हुने बताउनुभयो । त्यस्तै दोस्रो चरणमा ११ देखि १३ गतेसम्म तातोपानी , तिला, पातारासी र गुठीचौर गरी चार वटा पालिकामा खोप अभियान सञ्चालन हुने छ ।

विश्व स्वाथ्य सङ्गठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेढाईँले भूकम्प प्रभावित जिल्लाहरूमा सरसफाइ, खानपानलगायतका कुराबाट टाइफाइड हुनसक्ने भन्दै सरकारले खोप अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका