जोडिनुहोस
  • होमपेज
  • भारतको गुजरात प्रान्तद्वारा १८ दशमलव ७५ बिलियन अमेरिकी डलरको लगानी सम्झौतामा हस्ताक्षर

भारतको गुजरात प्रान्तद्वारा १८ दशमलव ७५ बिलियन अमेरिकी डलरको लगानी सम्झौतामा हस्ताक्षर

अहमदाबादः भारतको पश्चिमी प्रान्त गुजरातमा निर्माण गर्ने परियोजनाहरूका लागि कुल १८ दशमलव ७५ बिलियन अमेरिकी डलरको प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताको एक भागको रूपमा, वेलस्पन इन्टरप्राइजेजको एक शाखाले ५ दशमलव ११ बिलियन डलर लगानी गर्नेछ । यो लगानी प्रान्तमा (हरित) हाइड्रोजन र ग्रीन अमोनिया सुविधाहरू निर्माण गर्न प्रयोग हुनेछ ।

हस्ताक्षर भएका सम्झौताहरूमा राज्य समर्थित आवास तथा शहरी विकास निगमसँग १४५ अर्ब रुपैयाँ (१ दशमलव ७४ अर्ब डलर) ऋण प्रवाह गर्ने र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकसँग २६० अर्ब रुपैयाँको ऋण उपलब्ध गराउने सम्झौताहरू पनि परेका छन् ।

गत हप्ता, गुजरातले एक परियोजनाको स्तरोन्नति गर्न १२५ अर्ब रुपैयाँको स्टिल निर्माता आर्सेलर मित्तल निप्पोन स्टिल इन्डियासँग सम्झौता गरेको थियो ।

लगानीमा सम्झौता गरेका वेलस्पन, आर्सेलर मित्तल, हाउजिङ एण्ड अर्बन डेभलपमेन्ट र नेशनल बैंकले कार्यालय समय पछि प्रतिक्रिया लिन खोज्दा कोही पनि उपलब्ध भएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका