जोडिनुहोस
  • होमपेज
  • पाँच निर्माण कम्पनी कालोसूचीमा

पाँच निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । समयममै नियमानुसार काम नगर्ने पाँचवटा निर्माण कम्पनीलाई कार्यालयले दुईदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

काली सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पीरएस.सी.एफरई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा।लि छन् ।

ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक–पटक म्याद थप हुँदासमेत काम नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

हेर्नुस् सूचीः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका