जोडिनुहोस
  • होमपेज
  • तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन

तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन

तेह्रथुको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा पुल निर्माणको विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले शहरी बिकास मन्त्री सीता गुरुङलाई ध्यानाकर्षण गराएका छन् । कोईरालाले मन्त्री गुरुङलाई फोन गरेर पुल निर्माणको काम चाँडै सम्पन्न गर्न आग्रह गरेका हुन । उनले भने, ‘पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो छ । पुल निर्माणमा किन ढिलाई भएको हो  ।  जवाफमा मन्त्री सिताले सम्बन्धित निकायलाई तिव्र गतिमा काम अगाडि बढाउन निर्देशन दिने बताइन । यो पुल चाँडो नबन्दा दुई जिल्लामा आवत(जावतमा समस्या भएको छ । तेह्रथुम मन्त्री सिताको निर्वाचन क्षेत्र हो । छथर गाउँपालिका ४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो गरेपछि कोइरालाले पुल निर्माणको अनुगमन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका