जोडिनुहोस
  • होमपेज
  • धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर

धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए । ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु १ जय देश १,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताए । ‘उहाँले देशको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर अराजकता देखाउनु भएको छ । उहाँको यो कदममा धरानको कार्यपालिकाले नीतिगत रुपमा विरोध गरेर, कानुनी दायरामा ल्याउन पहल गर्छ । उहाँको अराजकताले सीमा नाघेको छ,’ भट्टराइले भने ।धरान उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलासँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले यो विषय आफूलाई थाहा नभएको बताइन् । ‘म आज कार्यालय प्रमुखहरुको भेलामा इटहरीमा आएको छु, बिहान म कार्यालयबाट निस्किँदा प्रधानमन्त्री र राष्ट्रपतिका फोटा थिए । मेयर साबले हटाएको विषय मलाई थाहा छैन,’ अनलाइनखबरसँग निरौलाले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका