जोडिनुहोस
  • होमपेज
  • युक्रेनको राजधानीसम्मै रुसको ड्रोन आक्रमण

युक्रेनको राजधानीसम्मै रुसको ड्रोन आक्रमण

रुसले राजधानी किभसहितका ठाउँमा ड्रोन आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । राजधानी किभ र अर्को मुख्य सहर खार्किभमा विस्फोट भइरहेका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनले हिजो शनिवार रुसको सीमावर्ती सहर बेलग्रटमा गरेको आक्रमणमा कम्तीमा २० जना मारिएपछि रुसले जवाफी आक्रमण बढाएको छ । हिजोको आक्रमणलाई युक्रेनमा मस्कोले आक्रमण शुरु गरेयताकै युक्रेनका तर्फबाट रुसमाथि भएको घातकमध्येको घटना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि शुक्रवार रुसले युक्रेनमा गरेको आक्रमणमा ३९ जना मारिएका थिए ।

रुसको आग्रहमा हिजो न्युयोर्कमा राष्ट्र सङ्घीय सुरक्षा परिषद्को एक आपत्कालीन बैठक बसेको थियो । बैठकमा राष्ट्र सङ्घका लागि रुसी राजदूत भसिली नभियान्जियाले युक्रेनले गैरसैनिक निसानामा नियतवश र जथाभाबी आक्रमण गरेको आरोप लगाउनुभएको छ । तर युक्रेन र उसका सहयोगी देशहरूले आरोपलाई अस्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका