जोडिनुहोस
  • होमपेज
  • बालकुमारी घटनाको विरोधमा धनगढीमा प्रदर्शन

बालकुमारी घटनाको विरोधमा धनगढीमा प्रदर्शन

ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको विरोधमा धनगढीमा आइतबार दिउँसो प्रदर्शन गरिएको छ । मृतकका आफन्तले आइतबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको हो । अछामका शाहका आफन्त पनि आइतबार धनगढीको प्रदर्शनमा सहभागी थिए । धनगढी चौराहादेखि निकालिएको विरोध र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका मागसहित उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

पानीजहाज बनाउने कामका लागि भाषा परीक्षा दिएका र अनुत्तीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका