जोडिनुहोस
  • होमपेज
  • लगातार पाँचौँ दिन शेयर बजार घट्यो, ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार

लगातार पाँचौँ दिन शेयर बजार घट्यो, ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार

लगातार पाँचौँ दिन आज सोमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ विन्दुमा झरेको छ । आज बैंकिङ, विकास बैंक, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सीईडीबी हाइड्रोपावर विकास कम्पनी, चिरख्वा हाइड्रो, नेपाल वेयरिङ हाउस, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर खरिदरबिक्री भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका