जोडिनुहोस
  • होमपेज
  • कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैन ओली

कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैन ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आज सोमवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो । कांग्रेस सत्ताको अमनचयनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको उहाँले भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन । कुनै अमनचयनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो भनी प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वप्रकाशजीले अग्ला घर किन बनाइस् रु कलकता जान गङ्गाको बाटो किन खनिस्  ट्रक कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् रु ट्याङ्कर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस् रु बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस् रु त्यत्रो साढे आठ लाख पुनर्निमित घरहरू त्यति छोटो अवधिमा बनाएर पीडितहरूलाई किन हस्तान्तण गरिस् भनेर भन्नुभयो । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नुभयो । त्यसको पनि म जवाफ दिन्न । म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिन । यत्ति हो, यो देशमा कहिले–कहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको दाबी गर्नुभयो । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको उहाँको भनाइ थियो । ओलीले एमालेले राष्ट्रियताको प्रश्न, देशको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मलेमिलाप गरेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका