जोडिनुहोस
  • होमपेज
  • अध्यक्ष नेपाल र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

अध्यक्ष नेपाल र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार अध्यक्ष नेपाल र विदशेमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

अध्यक्ष नेपालले भेटका अवसरमा आफूहरुबिच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताएका छन् । भेटलगत्तै सामाजिक सञ्जलमार्फत उनले नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताएका छन् ।

भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन काठमाडौँ आएका हुन् । विदेशमन्त्री जयशंकर शुक्रवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका