जोडिनुहोस
  • होमपेज
  • एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फूटबल सङ्घ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई पुरानो मुद्दामा काठमाण्डौबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।

खैरो हिरोइन बिक्रीमा संलग्न भएका लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका थिएनन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका थिए । लामा एन्फाको चुनावमा उम्मेदवार बन्दा पनि उजुरी परेको थियो । तर त्यसबेला लामाले आफू जेल बसिसकेको भन्दै टारेका थिए ।

एन्फाको निर्वाचन समितिले पनि छानबिन गरेको थिएन । त्यतिबेला तालमेल गरेर उपाध्यक्ष निर्वाचित भएका थिए । तर एन्फा कार्यसमिति पक्ष–विपक्षमा केन्द्रित हुन थालेपछि गएको पुषमा लामाले कैद भुक्तान नगरेको कुरा सार्वजनिक भएको थियो । लगत्तै सम्पर्कबिहीन बनेका लामालाई आज प्रहरीले पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका