जोडिनुहोस
  • होमपेज
  • तथ्य र प्रमाणबाटै उजुरीको टुङ्गो लगाइन्छः प्रमुख आयुक्त राई

तथ्य र प्रमाणबाटै उजुरीको टुङ्गो लगाइन्छः प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा परेका उजुरीहरूको टुङ्गो तथ्य र प्रमाणकै आधारमा लगाउने बताएका छन् । कुनै दबाब र प्रभाव विना आयोगले यथार्थ आधारहरू पुष्टि गरेर उजुरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी टुङ्गो लगाउने बताए ।

आयोगले लुम्बिनी प्रदेशको देउखुरीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमका क्रममा बोल्दै यस्तो बताएका हुन् । आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी रहेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रमबाट समग्र प्रदेशको सुशासन प्रवर्द्धन र कार्य सम्पादनमा थप प्रभावकारिता आउने बताउँदै लुम्बिनी प्रदेशमा सुशासनको क्षेत्रमा विभिन्न अभ्यासहरू सुरुवात गरिएको र आगामी दिनमा थप प्रतिविद्धताका साथ काम गर्ने बताए ।

मुख्यमन्त्री चौधरीले विकास निर्माणका काम गर्दा भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी अनुगमन प्रणाली कार्यान्वयन गर्ने कुरामा जोड दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मार्गदर्शन उक्त कार्यमा सहयोगी हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका