जोडिनुहोस
  • होमपेज
  • नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा

नेपाल विज्ञापन संघ आनको अध्यक्षमा सुदीप थापा निर्विरोध चयन भएका छन् । संघको २४औँ वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरूमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरू निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचित भएका हुन् ।

संघको नवनिर्वाचित अध्यक्ष सुदीप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध निर्वाचित हुँदा द्वितीय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका हुन् । यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मी, आरसी सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका