जोडिनुहोस
  • होमपेज
  • कर्णालीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी

कर्णालीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका तीन तीन जनाउम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन । आज दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन । कर्णाली प्रदेशमा गठबन्धनको तर्फबाट महिलामा नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल दैलेख, दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ कालिकोट र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दिएका छन । एमालेका तर्फबाट महिलामा हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलितबाट दैलेखका हिक्मत विकले उम्मेदवार दिएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका