जोडिनुहोस
  • होमपेज
  • बमजनको आश्रमबाट ४ बेपत्ता, निवासबाट ३ करोड बढी रुपैयाँ र १४ मोवाइल बरामद

बमजनको आश्रमबाट ४ बेपत्ता, निवासबाट ३ करोड बढी रुपैयाँ र १४ मोवाइल बरामद

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ । उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको केन्द्रीय अनुसन्धान ब्युराका प्रवत्ता नवराज अधिकारीले जानकारी दिए । अनुयायी बेपत्ता पारेको आरोप लागेका बमजनलाई हिजो साँझ सिआइबीले बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ गरेको थियो ।

बेपत्ता भएकामध्य बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला रहेका छन । बमजनको निवासबाट ३ करोड ३४ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख ९२ हजार ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सिआइबीले जनाएको छ । त्यस्तै बमजनबाट प्रहरीले १४ थान मोबाइल, ५ थान आइप्याड र २० वटा पेन्ड्राइभ पनि बरामद गरेकोछ । बमजनले प्रयोग गर्ने २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ । बमजनमाथि थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।

यो पनि‘

रामबहादुर बम्जनलाई सार्वजनिक गर्दै प्रहरी, घरबाट १६ देशका मुद्रा बरामद

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका