जोडिनुहोस
  • होमपेज
  • जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् । उनीहरूले किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका