जोडिनुहोस
  • होमपेज
  • भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद

भैरहवा – रुपन्देही प्रहरीले अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार बिहान ५ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा भारतबाट अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालर्फ भन्सार छली गरी लु ८ प ११३५ र युपी ५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ गरी राखेको अवस्थामा १३६ बोरा प्याज नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए।

प्याज र मोटरासाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रहेको कार्यालयले जानकारी दिएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार राति करिव साढे १० बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ सिटी अस्पताल चोकस्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको हो।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय रामचन्द्र खत्रीले ना३ख ५१८९ नम्बरको कन्टेनर ९ट्रक० मा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा १४ हजार ६३६ मिटर, लेडिज जुत्ता ३४० जोडी, नेट कपडा ५ हजार १०४ मिटर, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस गरी ट्रकसहित कुल ३० लाख ६२ हजार २ सय ४० मूल्य बराबरको अवैध बस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।

बरामद सामान, ट्रक र मानिस आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका