जोडिनुहोस
  • होमपेज
  • के तपाईं भिजिट तथा पर्यटन भिसामा विदेश जाँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्

के तपाईं भिजिट तथा पर्यटन भिसामा विदेश जाँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्

काठमाडौं । भिजिट तथा पर्यटन भिसामा विदेश जाँदै हुनुहुन्छ रु यसका लागि आवश्यक कागजातबारे ख्याल गर्नुभएको छ ? कागजात पूरा नभए विमानस्थलबाटै फर्कनुपर्ला है !

दअध्यागमन विभागले यही माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटन भिसामा विदेश जाने नेपालीका लागि ६ ओटा कागजात आवश्यक हुने जनाएको छ । विभागले मंगलवार (आज) आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी दिएको हो ।

विभागका अनुसार भिजिट तथा पर्यटन भिसामा विदेश जानका लागि कम्तीमा ६ महीना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेषाज्ञा (भिसा) तर, अन अराइबल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने र दुईतर्फीको हवाई टिकट आवश्यक रहेको जनाएको छ ।

यस्तै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट–क्रेडिट कार्ड) पनि भिजिट तथा पर्यटन भिसामा विदेश जानका लागि आवश्यक रहेको विभागले जानकारी दिएको छ ।

यसैगरी संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने पनि बताइएको छ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका