जोडिनुहोस

देश

शहीद सप्ताह शुरु

शहीद सप्ताह शुरु

आजदेखि शहीद सप्ताह शुरु भएको छ । आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको पहिलो दिन आज टेकुको पिपलबोटमा रहेको शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । काठमाण्डौ महानगरपालिकाको शहीद सप्ताह मूल समारोह समितिको आयोजनामा टेकुमा स्मृति सभा हुँदैछ । राणा शासन विरुद्धको आन्दोलनमा वि।सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापाको तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा विसं १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका