जोडिनुहोस
  • होमपेज
  • मोरङमा हिउँ चितुवा भेटिएकोप्रति संरक्षणकर्मीको चिन्ता, आफैँ मोरङ पुग्नु ‘असम्भव’

मोरङमा हिउँ चितुवा भेटिएकोप्रति संरक्षणकर्मीको चिन्ता, आफैँ मोरङ पुग्नु ‘असम्भव’

हिजो मोरङको उर्लाबारीमा हिउँ चितुवा फेला परेको घटनाप्रति संरक्षण अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । ४ हजार मिटरभन्दा बढी उचाइमा विचरण गर्ने हिउँ चितुवा १ सय ५० मिटरको उचाइमा भेटिनु चिन्ताको विषय भएको हिउँ चितुवाबारे लामो समय अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन शाहले बताउनुभयो ।

उहाँका अनुसार खाना खोज्दै वा अरू कारणले हिउँ चितुवा मोरङको उर्लाबारीमा आइपुग्न असम्भवजस्तै छ । त्यसैले यो चोरी सिकारी वा कुनै किसिमबाट मानिसले ल्याएको हुन सक्ने उहाँको अनुमान छ । चोर सिकारीले जिउँदै हिउँ चितुवा समातेर अन्यत्र लैजाने घटना यसअघि नदेखिएकोले यो घटनाबाट शङ्का बढेकोले अनुसन्धान गर्नुपर्ने प्राध्यापक शाहले बताउनुभयो ।

हिजो बाँसघारीमा लुकेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले हिउँ चितुवालाई बेहोस पारी नियन्त्रणमा लिएको थियो । समातिएको हिउँ चितुवाको पुच्छर लामो नभएको, शरीरमा हुनुपर्ने जति रौँ विकसित भएको नदेखिएको जस्ता कारण यो हिउँ चितुवा बच्चैमा कसैले समातेर पालेको र अहिले भागेको हुन सक्ने शाहको अनुमान छ । हुनै नसक्ने घटना देखिएकोले हिउँ चितुवा भेटियो भनेर खुशी नभई कसले किन ल्यायो भन्नेतर्फ अनुसन्धान हुनुपर्ने संरक्षणकर्मीको जोड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका