जोडिनुहोस
  • होमपेज
  • फैसला कार्यान्वयनको माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनले प्रदर्शन गर्ने

फैसला कार्यान्वयनको माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनले प्रदर्शन गर्ने

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा सैनिकहरुको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै बिगेसोले आन्दोलनको घोषणा गरेको हो । बिगेसोले आगामी २४ माघमा शान्ति बाटिकामा जनप्रदर्शन र जनसभा कार्यक्रम गर्ने जनाएको छ । बुधबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बू र सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीमगरले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई ताकेता पत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले आन्दोलनमा जानु परेको बताए ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ । सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तरतग भर्ति भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो विगत तीन दशक यता संघर्ष गर्दै आएको छ ।

बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बूले उक्त त्रिपक्षी सम्झौता खारेजीको मागसहित २६ जेठ २०७४ सालमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट दर्ता भएको पाँच वर्षपछि सर्वोच्चले २४ माघ २०७९ मा विपक्षी नेपाल सरकारका नाममा सार्वजनिक महत्वको मुद्दाको रूपमा निर्देशनात्मक आदेश जारी गरेको थियो । बिगेसोले ‘बेलायतद्वारा गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्सको नाममा सिंगापुर पठाइएका गोर्खा सैनिकहरूको समस्या र उनीहरूमाथि भैरहेको अन्याय, असमानता र विभेदका मुद्दाहरू अहिलेसम्म यथावत रहेको’ जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका