जोडिनुहोस
  • होमपेज
  • ललितपुर महानगरपालिका एलर्ट मोबाइल एपु शुरु, २१ विषयमा एलर्ट गर्न सकिने

ललितपुर महानगरपालिका एलर्ट मोबाइल एपु शुरु, २१ विषयमा एलर्ट गर्न सकिने

ललितपुर महानगरपालिकाले ुललितपुर महानगरपालिका एलर्ट मोबाइल एपु शुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमकाबीच एपको शुभारम्भ गर्नुभएको हो । ललितपुर नगर प्रहरीलाई चनाखो राख्न तथा गुनासो पठाउनका लागि एप बनाएको महानगरले जनाएको छ । यस एपमार्फत २१ प्रकारका गुनासो पठाउन सकिने छ । महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिनेछ । इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा पनि गुनासो पठाउन सकिने प्रबन्ध गरिएको छ । गुनासो पठाउँदा पठाउने व्यक्तिको सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको महानगरले जनाएको छ ।

एलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शव वाहन, फोहोरमैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै विना स्वीकृति संरचना, लैङ्गिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोटबिरुवा क्षति, फुटपाथ, सडक बत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी विपद्, सडक मानव, कालोबजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिरो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा ‘एलर्ट’ गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

मेयर महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका